समाज


मुल्कोटमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीका युवक गम्भीर घाइते

मुल्कोटमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीका युवक गम्भीर घाइते

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १५:१६, काठमाडौँ

सिन्धुलीको मुल्कोटमा टाटासुमोको ठक्करबाट सर्लाहीका एक युवक गम्भीर घाइते भएका छन्।

सर्लाहीको ईश्वरपुर नगरपालिका ३ बस्ने २८ वर्षका निश्चल बराल घाइते भएको प्रहरीले जनाएकाे छ।

खोटाङबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३९८८ नम्बरको टाटासुमोले आइतबार दिउँसो काठमाडौँबाट सर्लाहीको ईश्वरपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प २०७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रहरीले घाइतेलाई उद्दार गरी धुलिखेल अस्पतालमा पठाएको छ। ठक्कर दिने टाटासुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .