ad ad

समाज


जनकपुरमा २२ वर्षीया युवतीको जल्दै गरेको शव भेटियो, घाइते बालिका पनि बाँचिनन्

जनकपुरमा २२ वर्षीया युवतीको जल्दै गरेको शव भेटियो, घाइते बालिका पनि बाँचिनन्

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ११:२७, काठमाडौँ

जनकपुरमा जल्दै गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ। 

युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीकाे डिलमा बुधबार राति अन्दाजी २२ वर्षीया युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए। 

‘युवतीको शव नजिकै करिब ६ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन्,’ डीएसपी अवाले नेपालखबरसँग भने, ‘उनको पनि उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

मृत्यु भएकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका- २ कि प्रियंका महतो भएको अनुमान प्रहरीले गरेको छ। 

‘युवतीको शव जलेको कारण चिन्न सकिने हालतमा छैन,’ डीएसपी अवाले भने, ‘तर स्थानीयको भनाईको आधारमा हामीले उनी महाेत्तरीकी पियंका भएको भनेर सनाखत गरेका छौँ। आफन्तलाई खबर भएको छ। उहाँहरु आएपछि थप विवरण खुल्ला।’

युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

युवती र ती बालिकाको नाता सम्बन्ध पनि नखुलेको डीएसपी अवाले बताए। तर, कतिपयले भने उनीहरु आमाऔछोरी भएको अनुमान गरेका छन्। 

राति जनकपुर- १६ पुलचोकस्थित रेल्वे लिक छेउको सडकबाट केही पर पोखरीको डिलमा रहेको खाडलमा जलिरहेको अवस्थामा शव फेला परेको हो। 

घटनास्थल एकान्त ठाउँमा पर्छ। ‘नजिकै घरहरु छैनन्। टाढाबाट स्थानीयले आगो बलेको देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो। त्यतिबेलासम्म युवतीको मृत्यु भइसकेको थियो,’ डीएसपी अवाले भने। 

युवती र बालिकाको हत्या हो या आत्महत्या अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .