ad ad

कला


सलमान खानको घरमा भएको गोलीकाण्डमा देखियो ‘पन्जाब कनेक्सन’

आरोपित विक्कीका बुवाले भने- सलमानलाई हात जोडेर मेरो छोरालाई माफ गर्न अनुरोध गर्छु
सलमान खानको घरमा भएको गोलीकाण्डमा देखियो ‘पन्जाब कनेक्सन’

अभिनेता सलमान खान र उनको घरमा गोली हानेको आरोपमा पक्राउ परेका दुई युवक


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ११:३६, काठमाडौँ

बलिउड स्टार सलमान खानको घरमा भएको गोलीकाण्डमा  ‘पन्जाब कनेक्सन’ देखिएको छ। 

सलमान खानको घरमा गोली चलाएको घटनामा पक्राउ परेका दुई युवकमध्ये सागर पाल पन्जाबको जालन्धरमा रहेको कारखानामा काम गर्ने गरेको खुलेको हो।

यही वैशाख २ गते बिहान मुम्बईको बान्द्रास्थित सलमानको घर ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली प्रहार गरिएको थियो। सो घटनामा संलग्न आरोपमा मुम्बई प्रहरीको अपराध शाखाले सागरसहित विक्की साहेब गुप्तालाई पक्राउ गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई प्रहरीले आरोपित सागर पालको घरमा गएर उनका बुवा जोगिन्दर शाहसँग सोधपुछ गरेको थियो। सो क्रममा उनका बाबुले छोरा कामका लागि जालन्धर गएको र आफूले पनि यो घटना सोसल मिडियामार्फत थाहा पाएको बताएका हुन्।   

अब मुम्बई अपराध शाखाले चाँडै आरोपित सागर पालले काम गरेको जालन्धर र त्यहाँको सम्पर्कमा रहेका व्यक्तिबारे अनुसन्धान अघि बढाउने भएको छ। आगामी दिनमा यस मामिलामा पन्जाब प्रहरीको पनि सहयोग लिने सम्भावना छ। किनभने जेल अन्तर्वार्ताका क्रममा लरेन्स बिश्नोईले सलमान खानलाई आफूले हत्या गर्ने धम्की दिएको स्वीकार गरेका थिए।

यसैबीच अभियुक्त विक्की गुप्ताका बुवाले सलमान खानसँग माफी मागेका छन्। प्रहरीले सोधपुछ गर्ने क्रममा विक्कीका बुबा साहेब शाहले आफू किसान भएको र छोरो मजदुरी जलान्धर गएको बताउँदै छोराले गरेको गल्तीका लागि माफी मागेका हुन्। 

उनले भने, ‘कसैको प्रभावमा उनले सलमान खानको घरमा गोली चलाएको हुनसक्छ। यसका लागि म आफैँ सलमान खानसँग माफी माग्छु। म उहाँलाई हात जोडेर मेरो छोरालाई माफ गर्न अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .