ad ad

समाज


चार राउन्ड गोलीसहित सर्लाहीबाट दुई युवा पक्राउ

चार राउन्ड गोलीसहित सर्लाहीबाट दुई युवा पक्राउ

नेपालखबर
फागुन २७, २०८० आइतबार १०:३५, सर्लाही

सर्लाहीको बागमतीबाट प्रहरीले ४ राउन्ड गोलीसहित दुई युवालाई  पक्राउ गरेको छ।

बागमती नगरपालिका- १० बाट गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मुक्ति सापकोटाले जानकारी दिए।

‘शंकरपुरबाट सोल्टी तर्फ जाँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइक रोकेर जाँच गर्ने क्रममा ८ एमएम को ४  राउन्ड गोलीसहित दुई युवा पक्राउ परेका छन्,’ सापकोटाले भने, ‘उनीहरुलाई हिरासतमा राखेर हामी थप अनुसन्धान गरिरहेका छौँ।’ 

डीएसपी सापकोटाका अनुसार पक्राउ पर्नेमा बागमती नगरपालिका–८ २४ वर्षीय रञ्जित राम र सर्लाही सदरमुकामसमेत रहेको मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा छन्। 

विषेश सूचनाको आधारमा अस्थायी प्रहरी चौकी सोल्टी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .