ad ad

खेल


माइन्जविरुद्ध बायर्नको सानदार जित, केनले गरे ह्याट्रिक

माइन्जविरुद्ध बायर्नको सानदार जित, केनले गरे ह्याट्रिक

नेपालखबर
फागुन २७, २०८० आइतबार १०:३८, काठमाडौँ

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको सानदार जित भएको छ। 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले माइन्जविरुद्ध ८–१ जित हासिल गरेको हो। 

बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरे। 

खेलको १३औँ मिनेटमा पहिलो गोल गरेका केनले पहिलो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा अर्काे गोल गरे। ७०औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरेका‌ थिए। 

त्यस्तै बायर्नका लागि लियोन गोरेत्ज्काले १९औँ र‌ इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे। यसैगरी थोमस मुलरले ४७औँ मिनेटमा गोल गरे भने जमल मुसियाला ६१औँ र सर्ज गिनब्रीले ६६औँ मिनेटमा गोल गरे। 

उता माइन्जका नादियम अमिरिले ३१औँ मिनेटमा एक गोल गरे। त्यसयता माइन्जले गोल थप्न सकेन। 

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको बायर्नले ५७ अंक जोडेको छ।

एक खेल कम खेलेको लिभरकुसेन ६४ अंकसहित शीर्षस्थानमा छ। तेस्रो स्थानमा रहेको भीएफबी स्टुटगार्टले ५३ अंक बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .