ad ad

समाज


सिराहामा होटल सञ्चालक महिलाको मध्यराति हत्या, पति घाइते अवस्थामा भेटिए

सिराहामा होटल सञ्चालक महिलाको मध्यराति हत्या, पति घाइते अवस्थामा भेटिए

घटनास्थल


नेपालखबर
फागुन २६, २०८० शनिबार १२:५८, काठमाडौँ

सिराहाको गोलबजारमा होटलभित्र हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। 

पूर्वपश्चिम राजमार्गसँगै रहेको गोलबजार नगरपालिका-६ मा सिकन्दर पूर्वेको टालीले छाएको कच्ची घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका ३५ वर्षीय महेन्द्र कुमार साहकी श्रीमती ३२ वर्षीया अनिता कुमारी साहको हत्या भएको हो। 

अनिताको हत्या भएको अवस्थामा शनिबार बिहान होटल रहेको घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

उनको गएराति १:४० बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदयमान द्विवेदीले जानकारी दिए। 

‘उनको हत्या कसले र किन गर्यो खुलेको छैन,’ इन्सपेक्टर द्विवेदीले नेपालखबसँग भने, ‘पिठो पिस्ने जाँतोले हिर्काएर हत्या गरको अवस्थामा अनिताको शव फेला परेको छ। उनका पति घाइते छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।’

हत्याको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिराहाबाट गएका प्ररही उपरीक्षक (एसपी) सन्तोष आचार्य अहिले पनि घटनास्थलमै छन्।

अनिताको शव पोष्टमार्टमको लागि केही बेरअघि लहान अस्पताल लगिएको छ। मृतक महिलाका पति महेन्द्रको भने लाइभ लङ हेल्थकेयर गोलबजारमा उपचार भइरहेको द्विवेदीले बताए। 

जाँतो र लोहोरोले टाउको र अनुहारमा प्रहार गरेर उनको हत्या भएको हो। अनिताको शव होटल रहेको घरको खाट नजिकै भूइँमा विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

साह दम्पतीले गत एक वर्षदेखि पूर्वेको घर भाडामा लिएर चमेना गृह (होटल) सञ्चालन गर्दै आएका थिए।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको भए पनि उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन। 

धनुषाको लालगडबाट लगिएको तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

राति आँत्तिदै महेन्द्र घरबाहिर आएपछि स्थानीयले घटनाको विषयमा थाहा पाएका थिए। आत्तिएर वेहोस भएको अवस्थामा प्रहरीले महेन्द्रलाई अस्पताल पुर्याएको हो। 

महेन्द्र यस अघि पनि आपराधिक घटनामा जेल परेर छुटेका व्यक्ति भएको स्थानीयले बताएका छन्। महेन्द्रलाई पनि निगरानीमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रहरीले घटनास्थल नजीकै रहेको गाईबस्तु बाँध्ने एउटा गोठको नालीमा खुकुरी भेटिएको जनाएको छ।

उनीहरुका एक छोरी र दुई जना स–साना छोरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .