ad ad

खेल


बाबरको शतकमा हङकङद्वारा नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत

बाबरको शतकमा हङकङद्वारा नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
फागुन २६, २०८० शनिबार १३:१, काठमाडौँ

बाबर हाायतको शतक मद्धतमा घरेलु टोली हङकङले फ्रेण्डसिप कप टी–२० आईमा नेपाल सामु २ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रनको योगफल तयार पारेको हो। 

पाचौँ विकेटका लागि बाबर हायात र एजाज खानले ९५ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो। 

बाबर १ सय १० रन बनाउँदा क्याच आउट भए। ४९ बलमा १ चौका र १३ छक्का हानेका बाबर आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए। एजाज खान २१ रनमा नटआउट रहे। 

ओपनर मार्टिन कोट्जे ३१ रन बनाउँदा क्याच आउट भए। २१ बलमा ५ चौका र १ छक्का हानेका मार्टिन आकाशको बलमा प्रतिश जिसीको हातबाट आउट हुन पुगे। कप्तान निजाकत खान शुन्य रनमा नै आउट भए। 

अन्सी रथ ३९ रन बनाउँला प्रतिश जिसीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। 

जानी आंकिसन शुन्य रनमा नै रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। यासमि मुर्तजा शुन्य रनमा नै आउट भए। 

टी–२० आई को डेब्यु खेलमा नै आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चे। आरिफ शेख, रासिद खान र  समान एक विकेट लिए।

नेपालको प्लेइङ–११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, प्रतिश जिसी, राशीद खान, आकाश चन्द, सागर ढकाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .