ad ad

समाज


रौतहटमा ट्यांकरले ठक्कर दिँदा अटोमा सवार २ जनाको मृत्यु, ४ घाइते

रौतहटमा ट्यांकरले ठक्कर दिँदा अटोमा सवार २ जनाको मृत्यु, ४ घाइते

नेपालखबर
पुस १७, २०८० मंगलबार २०:२५, रौतहट

रौतहटमा तेल बोक्ने ट्यांकको ठक्करले ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य चारजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर ५ मा सोमबार राति ट्यांकरले ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा आज दिउँसो वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

मृत्यु हुनेमा भारतको सीतामढी डुमरी घर भएका ४० वर्षीय पिंकु सिंह र सोही ठाउँका २० वर्षीय अवदेश राम छन्। 

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका ६ खाल्टेका ४४ वर्षीय भुपेन्द्र सहनी, चन्द्रपुर ५ का १५ वर्षीय समिर अन्सारी, रौतहटकै गरुढा नगरपालिका ६ पोठियाही घर भएका २२ वर्षीय अस्कर देवान र उनकी पत्नी २० वर्षीया जवाहिर खातुन घाइते भएका छन्। उनीहरुको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरु सबै खतरामुक्त छन्।

अमलेखगञ्जबाट पूर्वतिर जाँदै गरेको प्रदेश २ ०३ ००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले विपरित दिशातिर जाँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्यांकर चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .