ad ad

सुदूरपश्चिम


धनगढी उपहानगरपालिकाभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक

धनगढी उपहानगरपालिकाभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक

नेपालखबर
पुस १७, २०८० मंगलबार २०:४५, कञ्चनपुर

कैलालीको धनगढी उपहानगरपालिकाले नगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

मंगलबार उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको जनाएको छ।

आगामी माघ १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न उपमहानगरले सूचना जारी गरेको हो।

स्वास्थ्य सेवा एन, २०७७ को दफा ३०(१) अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणको लागि पालिकाबात छुट्टै अनुमति लिनु पर्ने व्यवस्था छ।

सोही एनको दफा ३० (२) मा खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .