ad ad

समाज


सर्लाहीबाट एकसाथ बिदा भए सीडीओ र एसपी

सर्लाहीबाट एकसाथ बिदा भए सीडीओ र एसपी

सीडीओ इन्द्रदेव यादव र एसपी नरेशराज सुवेदी


नेपालखबर
असोज २७, २०८० शनिबार ६:३२, सर्लाही

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी) लाई विभिन्न संघ संस्थाले मायाको चिनो दिएर बिदाइ गरेका छन्।

सरकारले सर्लाहीबाट एकसाथ अन्यत्र सरुवा गरेपछि सीडीओ इन्द्रदेव यादव र एसपी नरेशराज सुवेदी सर्लाहीबाट बिदा भएका हुन्। 

सर्लाही सदरमुकाम मलंगवामा केही समयअघि धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिँदा यादव र सुवेदीले निकै सुझबुझ ढंगले प्रशासनिक भूमिका निर्वाह गरेको जानकारहरु बताउँछन्। 

झण्डै एक साता कर्फ्युसहितका प्रशासनिक कडाइको कारण मलंगवामा सामाजिक सद्भाव भड्किन पाएको थिएन। अहिले मलंगवाको अवस्था सामान्य छ। 

सीडीओ यादव र एसपी सुवेदीले एक वर्षभन्दा लामो समय सर्लाहीमा बसेर काम गरेका छन्।

सरकारले सीडीओ यादवलाई इलाम सरुवा गरेको छ भने एसपी सुवेदी अपराध अनुसन्धान महाशाखा काठमाडौं सरुवा भएका हुन्। एसपी सुवेदी काज सरुवा भएका हुन्।

सर्लाहीमा अब नयाँ सीडीओको रुपमा कोमलप्रसाद धमला र एसपी प्रवीण धिताल आउँदैछन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .