समाज


करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि ६ जना पक्राउ

करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि ६ जना पक्राउ

नेपालखबर
जेठ १७, २०८३ आइतबार ६:६, दाङ

दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। 

बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीले जानकारी दिए। 

केसीसहित सात जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा केसीलाई करेन्ट लागेको हो। करेन्ट लागेर बेहोस भएका केसीलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, सोही ठाउँका मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी र सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad