समाज


‘अन टेस्ट’ गाडीसँगै त्रिशूलीमा बेपत्ता चालकको पहिचान खुल्यो

‘अन टेस्ट’ गाडीसँगै त्रिशूलीमा बेपत्ता चालकको पहिचान खुल्यो

घटनास्थलको सीसीटीभी फुटेज।


नेपालखबर
साउन १०, २०८३ आइतबार ९:४९, कपिलवस्तु

शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका चालकको पहिचान खुलेको छ।

उक्त गाडीका चालक रसुवाकै कालिका गाउँपालिका–३ घर भएका २२ वर्षीय सबिन तामाङ रहेका प्रहरीले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।

स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेतिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

नदीमा खसेको गाडीमा चालक मात्रै सवार थिए। 

नदीमा बेपत्ता गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad