समाज


त्रिविले सञ्चालन गरेको ‘एमबीएस’ परीक्षाको प्रश्नपत्र बाहिरिएको खुलासा

त्रिविले सञ्चालन गरेको ‘एमबीएस’ परीक्षाको प्रश्नपत्र बाहिरिएको खुलासा

फाइल फोटो


नेपालखबर
साउन १०, २०८३ आइतबार १३:१२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र बाहिरिएको खुलेको छ।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत् प्रश्न पत्र बाहिरिएको हो।

व्यवस्थापन संकायका डीनका प्राडा महानन्द चालिसेले परीक्षा सुरू भएको केही समयमै सामाजिक सञ्चाल मार्फत प्रश्न पत्र आउट आएको पाइएको बताए।  

उनले प्रश्न पत्र बाहिरिएको सूचना आएपछि शनिबार साइबर ब्युरोलाई पत्राचार गरिएको जानकारी दिए। 

‘शुक्रबार मध्याह्न १२ बजेदेखि परीक्षा सुरू भएको थियो। केही समयपछि ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रहरू पठाइएको भन्ने जानकारी आएको छ,’ उनले भने ‘सत्यतथ्य छानविन गर्न साइवर ब्युरोलाई पत्राचार गरेका छौँ।’ 

उनले कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने जानकारीमा नआएको बताए। 

‘परीक्षा केन्द्र कुन हो, विद्यार्थी को हो भन्ने जानकारी पाएका छैनौँ। जसका कारण हामीले साइबर ब्यूरोलाई खबर गरेका हौँ। पत्ता लगाइदिन भनेका छौँ,’ उनले नेपालखवरसँग भने ‘यस्ता घट्ना भविष्यमा नदोहोरिन पनि सत्यतथ्य छानविन आवश्यक छ।’ 

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ।

प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह प्राडा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्राडा महेशराज ओझासहित तीन सदस्यीय छानबिन समिति गठन गरेको डीन चालिसेले बताए। 

उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सातदिनभित्र प्रतिवेदन पेश गर्न भनेको उनले बताए। तर उनले परीक्षा भने रद्ध नहुने जानकारी दिए। 

‘परीक्षा सञ्चालन नहुदै प्रश्नपत्र बाहिरिएको भए परीक्षा रद्ध हुने थियो। तर यहाँ प्रश्नपत्र विद्यार्थीको हातमा परिसके पछि मात्र वाहिएको पाएका छौँ। विद्यार्थी परीक्षा केन्द्र पुगेर परीक्षा दिदै गर्दा बाहिएका कारण परीक्षा रद्ध गर्नु पर्ने कारण देखेका छैनौँ,’ उनले नेपालखबरसँग भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad