समाज


जहरसिंह पौवाबाट देखिने काठमाडौँ र सिन्धुपाल्चोकका सुन्दर दृश्य (२१ तस्बिर)

जहरसिंह पौवाबाट देखिने काठमाडौँ र सिन्धुपाल्चोकका सुन्दर दृश्य (२१ तस्बिर)

जनार्दन पोखरेल
साउन १०, २०८३ आइतबार १२:१६, काठमाडौँ

यातायातको सहज पहुँच विस्तार भएसँगै काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने जहरसिंह पौवामा आन्तरिक पर्यटक बढ्न थालेका छन्।

शंखरापुर नगरपालिका- ३ मा पर्ने ऐतिहासिक महत्त्व बोकेको जहरसिंह पौवा काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको सीमा क्षेत्रमा अवस्थित सुन्दर र रमणीय स्थल हो। 

साँखुबाट उत्तरतर्फ करिब ७ किलोमिटर दुरीमा पर्ने जहरसिंह पौवा हाइटबाट काठमाडौँ उपत्यका र सिन्धुपाल्चोकका रमणीय दृश्य देखिन्छ। 

काजी जहरसिंह बस्न्यातले बनाएको पौवा (पाटी)को नामबाट यो ठाउँको नाम जहरसिंह पौवा रहन गएको स्थानीय बुढापाका बताउँछन्। 

विशेषगरी यहाँ बिदाको दिन रमाइलो गर्न काठमाडौँ उपत्यकाबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन्। वरपरको सुन्दर प्राकृतिक दृश्य, उत्तरतिर देखिने आकर्षक हिमश्रृंखलाले आगन्तुकको मन लोभ्याउँछ।

बर्खाको बेला छिछिनमै मौसम बदलिनु यहाँको अर्को विशेषता हो। पछिल्लो सयम यो ठाउँ हाइकिङ र घुमघामका लागि लोकप्रिय बन्दै गएको छ। 

हेर्नुहोस् थप तस्बिर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad