समाज


२ युवक सवार मोटरसाइकललाई टिपरले ठक्कर दियो, १ को मृत्यु, अर्का घाइते

२ युवक सवार मोटरसाइकललाई टिपरले ठक्कर दियो, १ को मृत्यु, अर्का घाइते

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८२ आइतबार ११:४२, दाङ

दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका प्रहरीले जनाएको छ। 

गढवा गाउँपालिका १ धोद्रे पुल नजिकै आइतबार बिहान ६ बजे चन्द्रौटाबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपरले प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा प्युठानको ऐरावती गाउँपालिका ५ का १९ वर्षीय सुशील थापाको मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ वर्षीय को प्रचण्ड थापा गम्भीर घाइते भएका छन्। उनलाई भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad