कार हो कि डुङ्‌गा? हङकङवासीलाई अचम्मित पारेको दृश्य

कार हो कि डुङ्‌गा? हङकङवासीलाई अचम्मित पारेको दृश्य

फेसबुकमा सेयर गरिएको भाइरल भिडिओको स्क्रिनसट (फेसबुक/बोस्को चु)


नेपालखबर
भदौ ८, २०८२ आइतबार ११:३९, हङकङ

गएको साता सुरुआतीतिर फेसबुकमा पोस्ट गरिएको एउटा भिडिओ हङकङवासीबीच भाइरल भयो। भाइरलसँगै धेरैलाई जिज्ञासा पनि उब्जायो- के यो साँच्चै हङकङमा छ?

हङकङको समुद्रमा कुदेको स्पोर्ट्स कार ग्लाइडिङको उक्त फुटेजले धेरैलाई अचम्मित मात्र पारेन, यसको वैधतामाथि पनि प्रश्न उठायो।

भिक्टोरिया हार्बरमा स्पोर्ट्स कार जस्तो देखिने पहेँलो कार कुँदेको फुटेज देखेपछि हङकङवासीले उत्साहका साथै वैधताको पनि प्रश्न उठाएका हुन्।

हङकङवासीको यो प्रश्नको जवाफ साउथ चाइना मर्निङ पोस्टले खोजिदिएको छ। धेरैले आश्चर्यमिश्रित प्रश्न पनि गरेपछि पोस्टले समुद्री विभागमा सम्पर्क गरेर जनताको जिज्ञासा मेटाइदिएको हो।

कार जस्तो देखिने उक्त सवारी साधन वैध रूपमै सञ्चालन भएको हो। विभागका अनुसार त्यो मात्र हो हङकङमा अर्को पनि यस्तै कार वैध रूपमा सञ्चालित छ। सञ्चालनका लागि इजाजत मागेका यी दुवै सवारी साधनका मालिकलाई जुन र अगस्टमा इजाजतपत्र जारी गरिएको थियो। 

यस हप्ताको सुरुमा फेसबुक समूहमा पोस्ट गरिएको एउटा भिडियोले भिक्टोरिया हार्बरमा पहेँलो स्पोर्ट्स कार जस्तो देखिने जहाज देखाएको छ।

‘विलासी यी साधन हङकङको पानीमा तबसम्म सञ्चालन हुन पाउँछन्, जबसम्म तिनीहरूले समुद्री कानुनमा तोकिएका सुरक्षा आवश्यकता पूरा गर्छन्। यसमा उनीहरूलाई वैधता दिइएको छ,’ विभागका प्रवक्ताको स्पष्टोक्ति छ।

कार ग्लाइडिङको क्लिपलाई फेसबुकमा हजारौँले प्रतिक्रिया जनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .