समाज


नेपाल आएका २ भारतीय कटुवा पेस्तोलसहित पक्राउ

नेपाल आएका २ भारतीय कटुवा पेस्तोलसहित पक्राउ

नेपालखबर
भदौ २, २०८२ सोमबार ५:५९, बाँके

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। 

अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। 

ने १ ह ४५०२ नम्बरको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरू पेस्तोल र गोलीसहित पक्राउ परेका हुन्। 

दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। 

दुई दिनअघि मात्र प्रहरीले बाँकेबाट गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो। तीमध्ये दुई जना भारतीय नागरिक हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad