समाज


रिडी–तम्घास सडक पहिराेले अवरुद्ध

रिडी–तम्घास सडक पहिराेले अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार ९:२०, गुल्मी

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीकाे रिडी–तम्घास खण्ड पहिराेले अवरुद्ध भएकाे छ।

बिहीबार बिहान खसेकाे पहिरोले यो सडक पूर्ण रूपमा अवरुद्ध भएको हाे। रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि गाडी चल्न नसकेका प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।

निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधन सञ्चालन गरिने उनले बताए।

यो सडक नखुलेसम्म पानी ट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad