कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
विजयनगर गाउँपालिका–५ नौरंगिया निवासी करिब ४० वर्षीया जन्ममति यादवको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार गाउँ नजिकै खेतमा भैँसी चराउन गएकी उनको चट्याङबाट घटनास्थलमै मृत्यु भएको हो।
उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ।
171
Shares

प्रतिक्रिया