समाज


कपिलवस्तुमा ग्यास विस्फोट हुँदा २४ वर्षीय दाजु र १८ वर्षीया बहिनीको मृत्यु

कपिलवस्तुमा ग्यास विस्फोट हुँदा २४ वर्षीय दाजु र १८ वर्षीया बहिनीको मृत्यु

नेपालखबर
जेठ १२, २०८२ सोमबार १०:३७, काठमाडौँ

कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ। 

शुद्धोधन गाउँपालिका- ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर दाजु बैनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जन दत्त भट्टले जानकारी दिए। 

आगलागीमा परेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको हो। 

‘खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो,’ एसपी भट्टले नेपालखबरसँग भने, ‘आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई प्राथमिक उपचारपछि राति नै थप उपचारका लागि भारतको जयनगर लगिएको थियो। बाटोमै उनीहरुको मृत्यु भएको हो।’ 

दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको उनले बताए। आगलागीबाट घरमासमेत सामान्य क्षति पुगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad