समाज


बाँकेमा जिपको ठक्करबाट ६० वर्षीय वृद्धको मृत्यु

बाँकेमा जिपको ठक्करबाट ६० वर्षीय वृद्धको मृत्यु

नेपालखबर
चैत १, २०८१ शुक्रबार १३:५१, काठमाडौँ

बाँकेमा जिपकाे ठक्करबाट एकजनाको मृत्यु भएकाे छ। पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २०३ ००१ च ३९९२ नम्बरकाे जिपले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा काेहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारु रहेका जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए।

सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई जिपले ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

 घटनापछि इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad