ad ad

समाज


अर्घाखाँची दुर्घटना: मृतक ६५ वर्षीय पुरुषको सनाखत

अर्घाखाँची दुर्घटना: मृतक ६५ वर्षीय पुरुषको सनाखत

नेपालखबर
भदौ २७, २०८१ बिहिबार ८:५६, अर्घाखाँची

अर्खाखाँचीमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत भएको छ। 

मृतक अर्घाखाँचीकै छत्रदेव गाउँपालिका वडा नम्बर-५  टुनीचौरका ६५ वर्षीय रामप्रसाद पन्थी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

बुधबार बिहान शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए। 

घाइतेमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो। सुरुमा पन्थीको सनाखत हुन सकेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .