ad ad

समाज


गुल्मीमा ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु, चालक र सहचालक गम्भीर घाइते

गुल्मीमा ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु, चालक र सहचालक गम्भीर घाइते

नेपालखबर
असार १४, २०८१ शुक्रबार १०:३१, गुल्मी

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार तम्घास–सिमलटारी सडक खण्ड हुँदै तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर  दुर्घटना परेको हो।

दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
 

दुर्घटनामा ट्याक्टर चालक  गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन्। 

उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .