कैलालीको कैलारी गाउँपालिकामा विषालु सर्पले टोकेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो।
सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।
उपचारकै क्रममा राति १०ः४० बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
330
Shares

प्रतिक्रिया