समाज


मृत भेटियो वयस्क भाले हात्ती, मृत्युको कारण खुल्न बाँकी

मृत भेटियो वयस्क भाले हात्ती, मृत्युको कारण खुल्न बाँकी

नेपालखबर
पुस २२, २०८२ मंगलबार ११:३६, विराटनगर

झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँमा मंगलबार बिहान एउटा जङ्गली भाले हात्ती मृत फेला परेको छ। 

स्थानीय लालबहादुर रसाईलीको खेतमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको हो।

हात्ती मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी सहायक निरीक्षक गेहतनाथ तिम्सिनाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ। 

हात्ती के कति कारणले मरेको हो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। 

घटनाबारे डिभिजन वन कार्यालय भद्रपुरबाट प्राविधिक टोली घटनास्थलमा पुगेपछि मुचुल्का उठाउने काम भएको छ। ​वन कार्यालय र प्रहरीको संयुक्त टोलीले हात्ती मरेको घटनामा थप अनुसन्धान अघि बढाएको छ। 

विगत केही समययता झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह लगायतका जिल्लामा जंगली हात्ती र मानिसबीच द्वन्द्व बढ्दै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad