समाज


तीन डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

तीन डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस २२, २०८२ मंगलबार ११:५७, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ८४५ बजे गरेको मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव शून्य डिग्री सेल्सियस देखिएको हो। 

यसअघि आजै बिहान ५:४५ बजे सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।

सबैभन्दा तल पुगेको तापक्रम नै न्यूनतम तापक्रम हो। 

हिजो सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो।

केही दिनयता काठमाडौँको न्यूनतम तापक्रम लगातार घटिरहेको छ। यसको अर्थ चिसो बढिरहेको छ। 

त्यसो त देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।  

आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव १ अर्थात् -६.१ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस छ। 

हेर्नुहोस् तापक्रम सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad