समाज


मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट खस्यो, १० जना घाइते

मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट खस्यो, १० जना घाइते

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ६:५, तेह्रथुम

तेह्रथुममा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। 

तेह्रथुमकै आठराईबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो जिप मेची राजमार्गमा पर्ने इलामको देउमाइ नगरपालिका–१ कुखुरे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका–६ गरामुनीकी ३० वर्षीया सुशीला तिमल्सिना, तेह्रथुम आठराई–१ का ६५ वर्षीय छविलाल गुरुङ, ३० वर्षीय प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी–१ निगुरादिनकी ६४ वर्षीया डम्मरकुमारी गुरुङ, ३० वर्षीया इन्द्र गुरुङ, २८ वर्षीया अञ्जना गुरुङ घाइते भएकी छन्। 

त्यस्तै धनकुटाकी ३२ वर्षीया सुष्मा लिम्बू, पाँचथर फालेलुङ–६ सिदिनकी २३ वर्षीया असिना तामाङ, झापा बुद्धशान्ति–४ जयपुरकी २७ वर्षीया चन्द्रकला कालिकोटे र मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली पनि घाइते भएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad