झापाको दमकमा आज बिहान जंगली हात्तीले आक्रमण गर्दा दिदीबहिनी गम्भीर घाइते भएका छन्।
आइतबार बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक नगरपालिका- १ बरगाछी नजिक जङ्गली हात्तीले उनीहरुलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आक्रमणमा परेर स्थानीय ४७ वर्षीया सुनिता राई र उनकी बहिनी ४२ वर्षीया कविता राई गम्भीर घाइते भएका हुन्।
दुवैलाई हात्तीले सुँडले उचालेको फ्याँकेको हो।
हात्तीको आक्रमणबाट सुनिताको टाउको, दाहिने आँखा, दुवै खुट्टा, बाँया हात र शरीरका विभिन्नमा भागमा गहिरो चोट लागेको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई दमक अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि विराटनगर लगिएको छ। आक्रमणपछि हात्ती जंगल तर्फ भागेको स्थानीयले बताएका छन्।
स्थानीय हम्सेदुम्से सामुदायिक वनबाट निस्केको हात्तीले दिदीबहिनीलाई आक्रमण गरेको हो।
Shares

प्रतिक्रिया