समाज


तरकारी बोकेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक पक्राउ

तरकारी बोकेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक पक्राउ

नेपालखबर
असार ३१, २०८२ मंगलबार १२:२४, विराटनगर

उदयपुरमा तरकारी बोकेको बोलेरोबाट प्रहरीले गाँजा बरामद गरेको छ। 

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका–२ मा चेकजाँचको क्रममा प्रहरीले तरकारी बोकेको बोलेरो गाडीबाट चारसय ३६ किलो लागू औषध गाँजा बरामद गरेको हो। 

कटारीबाट सिराहाको मिर्चैयातर्फ जाँदै गरेको को।१ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरो गाडीलाई शंका लागेर जाँच गर्दा १२ वटा बोरामा लुकाएको अवस्थामा ४ सय ३६ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

गाडी र चालक धनकुटा सहिदभुमी–२ का २९ वर्षीय तेज राईलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad