समाज


मध्यराति भिनाजुले गोली हानेर गरे १७ वर्षीया सालीको हत्या, आरोपी फरार

मध्यराति भिनाजुले गोली हानेर गरे १७ वर्षीया सालीको हत्या, आरोपी फरार

घटनास्थलमा प्रहरी टाेली


नेपालखबर
असार ३०, २०८२ सोमबार ८:३२, विराटनगर

सुनसरीमा भिनाजुले गाेली हानेर सालीकाे हत्या गरेका छन्। 

हरिनगर गाउँपालिका–६ घर भएकी १७ वर्षीया अर्जना खातनुको गएराति आफ्नै भिनाजुले गोली हानी हत्या गरेका प्रहरीले जनाएको छ। 

भारतको अररिया घर भएका ३५ वर्षीय आजात मियाँले साली अर्चनाको गोली हानी हत्या गरेका सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए। 

मियाँकाे पृष्ठभूमी नै आपराधिक खालको भएकोसमेत प्रहरीले जनाएको छ।  ‘के कारणले उनले सालीलाई गोली हाने भन्ने अनुसन्धान भइरहेको छ,’ एसपी तिमल्सिनाले भने। 

घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए। भारतको अररीया जिल्ला घर भएका भिनाजु रातिराति मात्रै सालीहरु भएको ठाउँमा आउने गरेको र हिजो पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।  

१७ वर्षीया अर्चना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए। 

‘आजाद मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनीविरुद्ध भारतमा पनि चोरीलगायतका कैयौं अपराधमा संलग्न भएको अभियोग छ। भारतीय प्रहरीले समेत खोजी कार्य गरिरहेका उनी नेपालमा लुकीछिपी बसेको पाएका छौँ,’ एसपी तिमल्सिनाले भने।

घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटना अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीकाे नेतृत्वमा प्रहरी टाेली खटिएकाे छ।

हत्यामा संलग्न मियाँ फरार छन्। भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा मियाँकाे खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad