समाज


उखुबारीबाट २६ बोरा गाँजा बरामद, गाँजाधनी खोज्दै प्रहरी

उखुबारीबाट २६ बोरा गाँजा बरामद, गाँजाधनी खोज्दै प्रहरी

नेपालखबर
असार २६, २०८२ बिहिबार ७:३६, विराटनगर

मोरङको धनपालथान गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।  

उखु बारीमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २६ बोरा गाँजा बरामद गरेको हो।

बुधबार साँझ प्राप्त  सचनाका आधारमा सो क्षेत्रमा सुरक्षाकर्मी खोजतलासका लागि पुगेका थिए। त्यस क्रममा उखुबारीभित्र लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्। 

बरामद गरिएको गाँजा हाल प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य पनि तीव्र बनाएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad