समाज


कारमा नेपाल आएका भारतीय युवक चालु अवस्थाको पेस्तोलसहित पक्राउ

कारमा नेपाल आएका भारतीय युवक चालु अवस्थाको पेस्तोलसहित पक्राउ

नेपालखबर
असार ७, २०८२ शनिबार ६:१, झापा

प्रहरीले झापाबाट एक भारीय युवकलाई हतियारसहित पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बसपार्कबाट उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारतको दुर्गानगर सिलिगुडि बस्ने ३५ वर्षीय जयप्रकाश कुमार पाठक रहेकाा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

डब्लुबी ७०जी ३२३२ नम्बरको कारमा सवार उनी एकथान चालु अवस्थाको पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, पाँच थान गोली, दुईथान खुकुरीसहित पक्राउ परेका हुन्। 

नियन्त्रणमा लिएर गाडी खानतलासी गर्दा चालक बस्ने सिटमुनी लुकाई राखेको अवस्थामा ती हतियारहरु फेला परेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले दुईथान मोवाइल पनि बरामद गरेको छ। 

उनलाई इप्रका काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad