सुनसरीमा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ।
कोसी गाउँपालिका-२ लौकहीकी २४ वर्षीया आशादेवी साहको सर्पको टोकाइबाट मृत्यु भएको हो।
उनलाई गएको शुक्रबार विषालु सर्पले टोकेको थियो। आशालाई उपचारको लागि आफन्तले सुरुमा जिल्ला अस्पताल इनरुवा पुर्याएका थिए।
त्यहाँ प्रारम्भिक उपचार गरेर थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो।
नोबेलमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। गर्मी बढेसँगै तराईमा विषालु सर्पदंशका घटना बढ्न थालेकाले सचेत हुन चिकित्सकले अनुरोध गरेका छन्।
777
Shares

प्रतिक्रिया