मोरङको धनपालथाल गाउँपालिका–६ कदमाहामा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।
आगलागीमा परेर अहिलेसम्म ८ घर जलिसकेका प्रहरीले जनाइएको छ।
मृत्यु हुने बालिकाकाे नाम खुलेकाे छैन। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आगो नियन्त्रणका लागि दमकल प्रयोग गरिएको छ।
दमकलसँगै प्रहरी, नेपाली सेना र स्थानीय आगो निभाउन खटिएका छन्। घटनाको थप विवरण आउँन बाँकी छ।
309
Shares

प्रतिक्रिया