कारोबार


८ महिनामा सरकारले उठायो साढे २ खर्ब सार्वजनिक ऋण, दायित्व २६ खर्ब ७६ अर्ब नाघ्यो

८ महिनामा सरकारले उठायो साढे २ खर्ब सार्वजनिक ऋण, दायित्व २६ खर्ब ७६ अर्ब नाघ्यो

नेपालखबर
चैत ५, २०८१ मंगलबार १४:५, काठमाडौँ

सरकारले चालू आर्थिक वर्षको ८ महिनामा साढे २ खर्ब सार्वजनिक ऋण उठाएको छ।

चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा २ खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भएको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादनको ४६.९९ प्रतिशत हुन आउँछ। 

आर्थिक वर्षको फागुन मसान्तसम्म विनिमय दरमा भएको परिवर्तनले ६६ अर्ब २९ करोड सार्वजनिक ऋण दायित्वको वृद्धिमा प्रभाव परेको छ। 

कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५०.८३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत रहेको छ। आन्तरिक ऋण १३ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण १३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्ति भएको छ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ६१.१७ प्रतिशत रहेको छ। जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ८१.५६ र ३०.१७ प्रतिशत रहेको छ। 

कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमश: ८०.४३ र १९.५७ प्रतिशत रहेको छ। 

चालू आर्थिक वर्ष २०८१/०८२ मा ऋण सेवा खर्चमा  ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ७२ करोड छ। यो वार्षिक बजेट विनियोजनको आधारमा ५०.०८ प्रतिशत हो। जसमा १ खर्ब ५८ अर्ब सावाँ तिर्दा ४२ अर्ब ब्याज तिरेको छ। 

 कुल गार्हस्थ्य उत्पादनको आधारमा फागुनसम्ममा कुल ऋण सेवा खर्च ३.५४ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad