समाज


तीव्र गतिको मोटरसाइकल अटोमा ठोक्किँदा २६ वर्षीय युवकको मृत्यु

तीव्र गतिको मोटरसाइकल अटोमा ठोक्किँदा २६ वर्षीय युवकको मृत्यु

नेपालखबर
फागुन २४, २०८१ शनिबार ५:३९, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलयका अनुसार अटोसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने २६ वर्षीय अजय लिम्बूको मृत्यु भएको हो। 

प्रदेश १ –०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकल  ठोक्किएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटना लगत्तै प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई अटोसहित नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।

बिहीबार साँझ मात्रै गाईघाटमा एक गाडीको ठक्करले एकै घरका दिदी बहिनीको मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad