खेल


विराट गोल्डकप: थ्रीस्टारसँग मच्छिन्द्र पराजित

विराट गोल्डकप: थ्रीस्टारसँग मच्छिन्द्र पराजित

नेपालखबर
फागुन २४, २०८१ शनिबार ५:४९, विराटनगर

विराटनगरको सहिद रङ्गशालामा जारी ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका शुक्रबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लब ललितपुर विजयी भएको छ।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित रात्रिकालीन उक्त प्रतियोगितामा थ्रीस्टार क्लबले गत वर्षको विजेता मच्छिन्द्र क्लबलाई २–१ गोलले पराजित गरेको छ। 

प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारका खेलाडी आशिष चापगाईँले १५ मिनेटमा र दिपेश घलेले २४ मिनेटमा गोल गरेका थिएभने मच्छिन्द्रका खेलाडी देवेन्द्र तामाङले मध्यान्तरपछि ८९ मिनेटमा गोल गरेका थिए।

यो जितसँगै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज खेलको ‘म्यान अफ दी म्याच’ भएका थ्रीस्टारका दिपेश घलेले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन्।

शनिबार चौथो क्वाटरफाइनल खेल चर्चब्वाइज युनाइटेड क्लब काठमाडौँ र एनआरटी काठमाडौँबीच साँझ ६ः३० बजे हुने आयोजकले जनाएको छ। प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा समूह सहभागी छन्।

प्रतियोगितको विजेतालाई रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad