समाज


हराएको २५ वर्षपछि पिथौरागढमा भेटिइन् ७० वर्षीया वृद्धा

हराएको २५ वर्षपछि पिथौरागढमा भेटिइन् ७० वर्षीया वृद्धा

सुमन सुस्केरा
फागुन ११, २०८१ आइतबार ७:१७, विराटनगर

बाजुराको बुढीगंगाकी एक वृद्धा २५ वर्षपछि भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढमा भेटिएकी छिन्। 

बाजुराको बुढीगंगा-३ स्थायी ठेगाना बताउने उनले आफ्नो नाम शान्ति भनेकी छन्।  

पिथौरागढस्थित वान स्टप सेन्टरको आश्रयस्थलमा उनी फेला परेको केआईएन (किन) इन्डियाका प्रमुख नवीन जोशीले जानकारी दिए।  

लामो समयसम्म सडकमा बिताएकी ती महिलालाई भारतीय प्रहरीले उद्धार गरेर आश्रयस्थल पुर्‍याएको थियो। 

भारतीय प्रहरीले उनको परिवार पत्ता लगाउन  विभिन्न संघसंस्था तथा त्यस क्षेत्रमा काम गर्ने निकायलाई जानकारी गराएको भए पनि लामो समयदेखि पत्ता लाग्न सकेको थिएन। 

परिवारले लामो समयदेखि खोजी गर्दै आएको भए पनि फेला पार्न नसकेपछि माया मारिसकेका थिए। जोशीका अनुसार, फेला परेकी महिला सुरुमा त्यहाँ पुग्दा ती महिलाले केही समय सडकमा नै बिताएको तथा भारतीय प्रहरीको सहयोगमा आश्रयस्थलसम्म पुर्‍याएको खुलेको थियो। 

धेरैपटक यसबारेमा भारतीय प्रहरीले परामर्श गरेको थियो। सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि परिवार पत्ता लागेको जोशीले जानकारी दिए। 

‘हामी ५/७ दिनदेखि लागिरहेका थियौँ, आज नै फेसबुकमा पोस्ट गरिएको थियो,’  उनले भने,  ‘परिवार पत्ता लागिसकेको छ। अब भोली सिफारिस गरेर कानुनी प्रक्रिया सुरु हुन्छ।’ 

उनी सन् २००७ देखि नै उनी वान स्टप सेन्टरको आश्रयस्थलमा बस्दै आएकी थिइन्। तस्बिरसहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी जोशीले जानकारी दिए। 

बाजुराको बुढीगंगा नगरपालिका–३ घर भएका उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू भूपेन्द्र शाह सम्पर्कमा आइसकेको जोशीले बताए।

महिलाको उमेर करिब ७० वर्ष रहेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad