समाज


पाथीभरामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी गम्भीर घाइते

पाथीभरामा केबुलकार निर्माण गर्नु नहुने भन्दै स्थानीयको विराेध
पाथीभरामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी गम्भीर घाइते

सुमन सुस्केरा
माघ १३, २०८१ आइतबार १०:३, विराटनगर

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ।

शुक्रबार साँझ भएको झडपमा परेर तीनजना प्रहरी गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि राति नै विराटनगर ल्याइएको छ। 

शनिबार साँझ आन्दोलनकारीले हतियार राखेको भन्दै प्रहरीले सर्च सुरु गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो। 

प्रहरी टोलीलाई आन्दोलनकारीले सर्चमा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको थियो। झडपको क्रममा प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको छ।
 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले प्रहरीले तीन थान खुकुरी र एक थान गुलेली बरामद गरेको जानकारी दिइन्। 

दुई पक्षबीचको झडपमा तीनजना प्रहरी घाइते भएका प्रजिअ खड्काले बताइन्। झडपमा केही आन्दोलनकारी पनि घाइते भएका छन्। 

मुक्कुमुलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमकाअनुसार एक आन्दोलनकारीलाई प्रहरीले प्रहार गरेकाे गोली लागेको छ। ‘प्रहरीले ज्यादती गरेपछि बलु डाँडामा दोहोरो भिडन्त भयो। कुम छेउमा एकजना स्थानीयलाई गोली लागेको छ’ लिङ्खिमले नेपालखबरसँग भने, ‘केही साथी घाइते हुनु भएको छ।’

तर, स्थानीय प्रशासनले भने आन्दोलनकारीलाई गोली नहानेको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad