अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई राख्न जग्गा उपलब्ध गराउने बताएका छन्।
अधिकारीहरूका अनुसार अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरूका लागि शिविर निर्माण गर्न करिब १४०० एकड जमिन दिने प्रस्ताव गरिएको हो।
टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्रअनुसार, ‘अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई बाहिर निकाल्न, मुद्दा चलाउन वा हिरासतमा राख्न यस भूमिमा शिविर निर्माण गर्न सकिन्छ।’
अमेरिकाका नवनिर्वाचित डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा दोस्रोपटक पदभार ग्रहण गर्दै छन्।
ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति अपनाउने कुरा यसअघि नै गरिसकेका छन्।
834
Shares

प्रतिक्रिया