सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट प्रहरीले तीन सय ४० किलोग्राम गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ।
गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकबाट गाँजा लैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए। यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
105
Shares

प्रतिक्रिया