समाज


देशभर ३ थरी वायुको प्रभाव

कस्तो होला देशभर आजको मौसम?
देशभर ३ थरी वायुको प्रभाव

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८१ आइतबार ६:५१, काठमाडौँ

देशभर पश्चिमी र स्थानीय वायुसँगै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  

यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागको आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। 

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। 

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला सोमबार र मंगलबारको मौसम?

२०८१ कात्तिक १९ गते सोमबार

दिउँसोː कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː बागमती र  गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेश लगायत कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ कात्तिक २० गते मंगलबार

दिउँसोː  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान, बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad