ad ad

समाज


खोटाङको राजापानीमा चितुवा आतंक, घरघरमै गएर बस्तुभाउ मार्न थाल्यो

खोटाङको राजापानीमा चितुवा आतंक, घरघरमै गएर बस्तुभाउ मार्न थाल्यो

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १०:४१, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा चितुवाको आतंक बढेको छ।

जंगलबाट गाउँ पसेको चितुवाले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा  कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका छन्।

केही दिनअघिदेखि गाउँ पसेको एउटा चितुवाले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन्। 

चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको पाइएको छ। चितुवाले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ। 

राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो पनि चितुवाले मारेको थियो। 

दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो। खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दाबढी चौपाया मारेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .