ad ad

समाज


ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

नेपालखबर
साउन १९, २०८१ शनिबार १०:१८, सुनसरी

सुनसरीको इटहरी उपमहानगरपलिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए। 

दुर्घटनापछि ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .