झापामा बाढीले बगाएर ल्याउँदै गरेको अवस्थामा एक शव बरामद गरेको छ।
दमक नगरपालिका–१ सरस्वती टोल वस्ने ५३ वर्षीय मोहन विकको स्थानीय रतुवा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बाढीले बगाएर ल्याइरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोलाबाट निकालिएको शव विकको भएको पुष्टि प्रहरीले गरेको छ।
9
Shares

प्रतिक्रिया