ad ad

कारोबार


३ दिन स्थिर रहेको सुनको मूल्य बढ्यो

३ दिन स्थिर रहेको सुनको मूल्य बढ्यो

नेपालखबर
असार ६, २०८१ बिहिबार ११:३२, काठमाडौँ

आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिगत तीन दिनयता स्थिर रहेकाे सुनकाे मूल्य बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो छापावाल सुनको मूल्य १ लाख ४२ हजार २ सय र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .