ad ad

समाज


उदयपुरमा तीव्र गतिको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २४ वर्षीय युवती र ३० वर्षीय युवकको मृत्यु

उदयपुरमा तीव्र गतिको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २४ वर्षीय युवती र ३० वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ २३, २०८१ बुधबार ७:२८, उदयपुर

उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट एक युवक र एक युवतीको मृत्यु भएको छ। 

मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार दिउँसो प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका- १ का ३० वर्षीय रविन श्रेष्ठ र उदयपुरकै त्रियुगा नगरपालिका–३ घर भएकी २४ वर्षीया हिरा राई रहेका छन्। उनीहरु साथीसाथी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर विद्यालाल कुमार साहका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो। 

तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। घटनाको प्रत्यक्षदर्शी स्थानीय शर्मिला कार्कीका अनुसार टिप्परको अघिल्लो चक्काले श्रेष्ठ र पछिल्लो चक्काले राईलाई किच्दा उनीहरुको मृत्यु भएको हो। 

‘मृतक श्रेष्ठ र राईको शव पोस्टमार्टमपछि मंगलबार साँझै आफन्तलाई जिम्मा लगाएका छौँ,’ इन्सपेक्टर साहले नेपालखबरसँग भने, ‘ठक्कर दिने टिपर र त्यसका चालक त्रियुगा नगरपालिका–७ निवासी ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियाअघि बढाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .