ad ad

ग्लोबल


मोदीले आज राजीनामा दिएर नयाँ सरकार गठनको दाबी पेस गर्ने सम्भावना

भाजपा गठबन्धनको बैठक बस्दै
मोदीले आज राजीनामा दिएर नयाँ सरकार गठनको दाबी पेस गर्ने सम्भावना

फाइल तस्बिर : मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
जेठ २३, २०८१ बुधबार ७:५९, बेनी (म्याग्दी)

भारतको १८औँ निर्वाचनबाट लोकसभाका ५४३ सिटमध्ये प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले २९२ वटा जितेको छ भने विपक्षी कंग्रेसको गठबन्धन इन्डियन नेसनल डेभलप्मन इन्क्लुसिभ अलायन्स (इन्डिया) ले २३३ वटा। 

यसपटक भाजपाले बहुमत ल्याउन सकेन तर उसको नेतृत्वमा रहेको गठबन्धन एनडीएले भने बहुमत पाएको छ। यसैकारण आज (बुधबार) उसले नयाँ सरकार गठनको दाबी गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यसका लागि एनडीएले घटक दलहरूको बैठक बोलाएको छ। प्रधानमन्त्री मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुलाई भेटवार्ताका लागि बोलाएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आज बिहान ११:३० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। भेटवार्तापछि उनी राष्ट्रपति भवन जाने कार्यक्रम छ। अनि राजीनामा दिने र नयाँ सरकार गठनको दाबी पेस गर्ने सम्भावना छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .