समाज


पाँचथरमा जीप दुर्घटना हुँदा १४ जना घाइते, ७ को अवस्था गम्भीर

पाँचथरमा जीप दुर्घटना हुँदा १४ जना घाइते, ७ को अवस्था गम्भीर

नेपालखबर
बैशाख १०, २०८१ सोमबार ५:३४, पाँचथर

पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाउको छ।

मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड हुँदै झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतवार सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .