समाज


अनियन्त्रित जिप सडकमै पल्टियो, चालकसहित ७ जना घाइते

अनियन्त्रित जिप सडकमै पल्टियो, चालकसहित ७ जना घाइते

नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:४१, रुकुमपश्चिम

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतु बजार नजिकैकाे भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ।  

त्रिवेणी २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो। जिप दुर्घटना हुँदा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा छन्।

घाइतेकाे उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीले जनाएको छ । 

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो। जिप चालकसहित १० जना यात्रु रहेका थिए। घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले बताए।

घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad